लुम्बिनि प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय

अर्घाखाँची

|

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीकाे आयोजनामा डिभिजन प्रमुखको स्वागत तथा फेरि भेटाैला कार्यक्रम सम्पन्न भएको छ ।जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख ईन्जिनियर भेषराज भुसालको फरि भेटाैला कार्यक्रम सम्पन्न भएको हाे। भुसालको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय रुपन्देहीमा सरुवा भएको छ ।जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीकाे प्रमुखको रुपमा  गुल्मी डिभिजनबाट ईन्जिनियर  भरत प्रसाद सापकोटा हाजिर हुनु भएको छ ।सरुवा भएर आउने डिभिजन प्रमुखकाे स्वागत र सरुवा भएर जाने डिभिजन प्रमुखको फेरि भेटाैला कार्यक्रम सम्पन्न गरेको हाे ।कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका लेखापाल शिवहरी खनाल, प्राविधिक अधिकृत  दुर्गामणि घिमिरे,  प्राविधिक अधिकृत रामजी भट्टराई, नासु माधव भुसाल, निर्माण व्यवसायी नारायण पाैडेल, समाजसेवी राजु खड्का, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रेमनारायण आचार्य लगायतको  उपस्थिति रहेको थियो ।कार्यक्रम भेषराज भुसालको अध्यक्षता र प्राविधिक अधिकृत रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।